नियम १३
औद्योगिक प्रशिक्षार्थी तालीम समितिको गठन
(१) सरकारी तथा गैर सरकारी औेद्योगिक प्रतिष्ठानद्वारा सञ्चालन हुने आधारभूत एवं सीप अभिवृद्धि तालीम कार्यक्रमहरुको लागि आवश्यक पाठ्यक्रम तयार गर्न, त्यस्ता तालीम कार्यक्रमहरुको स्तरीकरण गर्न र समन्वय कायम गर्न परिषद्ले देहायका अध्यक्ष तथा सदस्यहरु भएको एक औद्योगिक प्रशिक्षार्थी तालीम समिति गठन गर्नेछः–
(क) उपाध्यक्ष – अध्यक्ष
(ख) सदस्य –सचिव – सदस्य
(ग) प्रतिनिधि, स्थानीय विकास मन्त्रालय – सदस्य
(घ) प्रतिनिधि, श्रम विभाग – सदस्य
(ङ) प्रतिनिधि, उद्योग विभाग – सदस्य
(च) प्रतिनिधि, इन्जिनियरि· अध्ययन संस्थान – सदस्य
(छ) मजदूरहरुमध्ये अध्यक्षबाट मनोनीत एक जना – सदस्य
(ज) कारखाना तथा औद्योगिक प्रतिष्ठानका प्रतिनिधिहरुमध्ये अध्यक्षबाट मनोनीत दुई जना – सदस्य
(झ) औद्योगिक तथा श्रम सम्बन्धी विशेषज्ञहरुमध्ये अध्यक्षबाट मनोनीत एकजना – सदस्य
(ञ) निर्देशक, प्राविधिक महाशाखा, परिषद् – सदस्य–सचिव
(२) परिषद्को सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तालीम समितिको सदस्यहरुमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।
(३) उपनियम (१) को खण्ड (छ), (ज) र (झ) बमोजिम मनोनीत सदस्यहरुको पदावधि दुई वर्षको हुनेछ ।
(४) तालीम समितिले आवश्यक देखेमा कुनै स्वदेशी वा विदेशी विशेषज्ञ वा सल्लाहकारलाई तालीम समितिको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।